Wel-Come
परिचय
मांगर गित भनेको विवाहको गित हो, जस्मा बेहुला बेहुली र घर परिवार लाई समेतेर गाइन्छ । बेहुलाको लगाउने पुरै कपडाको बयान गरेको पाइन्छ । बेहुला र आमा बिचको माया ममता दर्साएको र आमाले बुहारीलिन छोरा लाई पठाएको पाइन्छ यो मागर गित मा ।
धमार (ढुमरु) गित माधीमा गाइने गित हो, यश गितमा सालमा एक पल्ट नदि ताल खोला मा पबित्र स्नान गरेको र मीठो मीठो कान पिनगरि साथी भाईहरु संग माया बाँट्चुट् गरेको गितको बखान हुन्छ ।
सजना गित गर्मि महिनामा गाइने गित हो, यो गित भने फरक छ । सजना जुन बिषय लिएर पनि गाउन सकिन्छ । एउटा बिस्वास रहेको छ कि सजना गितले सुख्खा परेको बेला यो गित गाएपछि पानी पर्छ भन्ने बिश्वास गराउछन् पुर्खाहरु । यसै गरि अष्टमिको र सखियाको गित बर्किमार अर्थात माहाभारत को कथा समेतिएको हुन्छ ।
मैना गित प्रेमि प्रेमिका तथा श्रिमान श्रिमति बिचको भावनात्मक गित हुन्छ । आफ्नो मनको पीडा तथा बिछोड्को
पल, परदेशसी भएको बेला मनका बह पोख्ने मैना शब्द उच्चारण गरि गित सुरु गरिन्छ ।
यसै गरि विभिन्न मनका तिता मिठा सु:ख दु:खका भावन तथा जीवन मा घटेका घट्ना, लोक कथा र संस्मरणहरु पनि यसमा समेतिएकाछन् ।
Email: batkohi3@gmail.com
Phone: 9848484043