About

नमस्ते Batkohi मा स्वागत छ । 


यो एउटा साहित्यिक पेज हो जस्मा विभन्न थरिका लेख रचनाहरु पोस्ट गरिन्छ । जस्तै आधुनिक कथा, मागर गित, धमार गित, सजनागित, लोक कथा, गजल, संस्मरण, जिवनि  आदि । जस द्वारा थारुहरुको मौलिक पहिचान लाई बचाउने लक्ष्य छ । 


परिचय

मांगर गित भनेको विवाहको गित हो, जस्मा बेहुला बेहुली र घर परिवार लाई समेतेर गाइन्छ । बेहुलाको लगाउने पुरै कपडाको बयान गरेको पाइन्छ । बेहुला र आमा बिचको माया ममता दर्साएको र आमाले बुहारीलिन छोरा लाई पठाएको पाइन्छ यो मागर गित मा ।


धमार (ढुमरु) गित माधीमा गाइने गित हो, यश गितमा सालमा एक पल्ट नदि ताल खोला मा पबित्र स्नान गरेको र मीठो मीठो कान पिनगरि साथी भाईहरु संग माया बाँट्चुट् गरेको गितको बखान हुन्छ । 


सजना गित गर्मि महिनामा गाइने गित हो, यो गित भने फरक छ । सजना जुन बिषय लिएर पनि गाउन सकिन्छ । एउटा बिस्वास रहेको छ कि सजना गितले सुख्खा परेको बेला यो गित गाएपछि पानी पर्छ भन्ने बिश्वास गराउछन् पुर्खाहरु । यसै गरि अष्टमिको र सखियाको गित बर्किमार अर्थात माहाभारत को कथा समेतिएको हुन्छ । 


मैना गित प्रेमि प्रेमिका तथा श्रिमान श्रिमति बिचको भावनात्मक गित हुन्छ । अाफ्नो मनको पीडा तथा बिछोड्को

पल, परदेशसी भएको बेला मनका बह पोख्ने मैना शब्द उच्चारण गरि गित सुरु गरिन्छ । 


यसै गरि विभिन्न मनका तिता मिठा सु:ख दु:खका भावन तथा जीवन मा घटेका घट्ना,  लोक कथा र संस्मरणहरु पनि यसमा समेतिएकाछन् ।   




नमस्ते म रेडियो कार्यक्रम संचालक संगम चौधरी र एउटा साहित्यकार ब्लगर तथा युट्युवर हुँ । करिब छ बर्ष देखि म विभिन्न बिषय लिएर कथा कहानी लेख्दै र रेडियो कार्यक्रम  तथा भिडियोहरु बनाउँदै आएको छु । र २०७८ साल देखि webait पनि सुरु गरेको छु । म आफ्नो कर्याक्रम फेसबुक,  युट्युव, ब्लग र इन्टाग्राम मार्फट पोस्ट गर्नेगर्छु । विभिन्न कुरा हेर्न फोलो गर्नुहोला र म हजुरहरुको सल्हा सुझावको आदर गर्नेछु । धन्यवाद!

Email: tharusahitya@gmail.com

Phone: 9848484043

Close Menu